

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) ले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन इमान्दारी, जिम्मेवारी तथा जवाफदेहीपूर्णरुपमा सम्पन्न गराउन अपिल गरेको छ ।
नियोगले आज पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएको उल्लेख गर्दै सरकार, राजनीतिक दल र उम्मेदवारलगायत सबैमा उक्त अपिल गरेको हो ।
नियोगका अध्यक्ष कपिल श्रेष्ठले निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिँदै निर्वाचनबाट बन्ने भोलिको सरकारले देशको विकास र स्थायित्व दिनसक्ने हुनुपर्ने बताउनुभयो । नियोगले गत असोजको अन्तिम सातादेखि नै निर्वाचनको पूर्वअवधिको पर्यवेक्षण गर्न नेपालका ७७ जिल्लामा तालिम दिएर पर्यवेक्षक खटाएको छ । नियोगले दीर्घकालीन पर्यवेक्षणको तयारी, मतदाता शिक्षा, प्रचारप्रसारका गतिविधि, निर्वाचनमा हिंसा तथा सुरक्षालगायतका विषयमा नेपालमा पहिलो पटक एपोलो दु्रत रिपोर्टिङ प्रणालीको प्रयोग गरेको जनाएको छ।
नियोगले ७७ जिल्लामा करिब दुई हजार छोटो अवधिका लागि पर्यवेक्षक तयार गरेको छ । तीमध्ये एक सय ५० राष्ट्रिय पर्यवेक्षकसहित मतदान केन्द्रमा लक्षित गरेर तयार गरेको नियोगले जनाएको छ । नियोगले पर्यवेक्षक प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यफरक बनाउन राष्ट्रियस्तरको ‘डाटा सेन्टर’ स्थापना समेत गरेर काम गर्ने तयारी गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |