

धादिङ,०१ मंसिर।
प्रदेश सभाका साम्सदले विकासका धेरैयोजना ल्याउनसक्छ भन्ने प्र्माणित गरेर आफूलाई जनताका नेता बनाउन सफल नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का सूर्य ध्वजाबहाक उम्मेदवार डा.रामकुमार अधिकारीको योजना आफ्नो षेत्रमा कसरी विकास योजना ल्याउने भन्ने छ।
निर्वाचन प्रचारप्रसार र मतदाताको घरघरमा पुग्दै गर्दा भेटिनुभएका डा. अधिकारीले निर्वाचन सकिए लगत्तै आफू फुलमाला थाप्न नभइ योजना आयोग लगायतका विकास अड्डामा गएर योजनाहरु राख्न लगाउने बताउनुभएको छ ।
धादिङको ज्यामरुङ बाहेक निलकण्ठ नगरपालिका, ज्वालामूखी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाका क्षेत्रमा विकास योजना आफूले विशेष पहल गर्ने बताउनुभयो । धादिङ बेसी तिप्लिङ सडकको पिच, नेत्रावती डबजोङको अस्पताल, धादिङबेसी भर्याङभुरुङ सडककोपिच, अन्य सडकको ग्राभेल र नयाँ सडकको स्तर उन्नती गरिने योजनाहरु सहित ५ सय भन्दा धेरैसाना योजनाहरु रहेको जानकारी दिँदै डा. अधिकारीले स्वास्थ्यक्षेत्रको सुधारमाआफू लाग्ने बताउनुभयो ।
साङमा निर्माणधिन पार्कलाई चिडियाखाना समेत बनाएर विकासका लागि काम गरिने योजना सुनाउनु भएका डा. अधिकारी यस क्षेत्रका जनताका लोकप्रिय नेताको रुपमा चर्चित हुनुभएको उहाँका विपक्षीहरुले समेत बताउने गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |