Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

२ घण्टा अघि
२

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

५ घण्टा अघि
३

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

१३ घण्टा अघि
४

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१४ घण्टा अघि
५

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
६

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

२ दिन अघि
७

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

४ दिन अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
९

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि
१०

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

४ दिन अघि
११

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
१२

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
९

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
११

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
१२

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि

चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का !

  • Default Profile
  • बागमती कलम
  • १७९ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर ११, आईतबार (३ साल अघि)
चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का !

सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ । लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी (शर्मा सगुन जेभी) लाई आयोजनाको पहिलो चरणको ठेक्का दिएको हो ।

खड्का चितवनको भरतपुरको नालीमा परेर गैंडाको मृत्यु प्रकरणमा मुछिएका ठेकेदार हुन् । उनीमाथि प्रहरीले ९ महिनाअघि नै पक्राउ पूर्जी जारी गरेको थियो । तर उनी हालसम्म पक्राउ परेका छैनन् ।

गत वर्ष माघ ९ मा चितवनको भरतपुरमा निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकखण्डमा बनाइएको नालीमा परेर गैंडाको मृत्यु भयो । घटनामाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायो ।

चितवन राष्ट्रिय निकुञ्जले घटनाका दोषी ठहर गर्‍यो सगुन कन्स्ट्रक्सनका सञ्चालक सहदेव खड्कालाई । माघ १३ गते खडकाविरुद्ध निकुञ्जले पक्राउ पूर्जी समेत जारी गर्‍यो । तर उनी पक्राउ परेनन् । राजनीतिक पहुँचका कारण देखाउँदै उनलाई उन्मुक्ति दिइएको आरोप संरक्षणकर्मीहरूले लगाएका थिए ।

उनै ठेकेदारलाई ३ अर्ब ८ करोड रुपैयाँको ठेक्का दिएर लुम्बिनी प्रदेश सरकारले पुरस्कृत गरेको हो ।

विवादमा ठेक्का
लुम्बिनी प्रदेश राजधानी गुरुयोजना निर्माणको ठेक्का सुरुवातदेखि नै विवादमा तानिएको थियो । गत असोज ६ गते १० वटा भवनहरू निर्माणका लागि प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले ठेक्का आह्वान गरेको थियो । यो ठेक्का शर्मा-सगुन जेभीले पाएको हो ।

सुरुवातमा आयोजनाले पूर्वतयारीको काम नै सम्पन्न नभई ठेक्का आह्वान गरेको थियो । जसकारण अघिल्लोपटकको प्रक्रिया नै रद्द भएको थियो । आयोजनाले वातावरणीय प्रभाव मूल्यांक (इआइए) नै नगरी आयोजनाको ठेक्का प्रक्रिया अघि बढाएको थियो । जसकारण उच्च अदालतमा मुद्दा समेत परेको थियो । अदालतले ठेक्का प्रक्रिया नै रद्द गरेर इआइएको काम अघि बढाउन आदेश दिएको थियो । तर प्रदेश मन्त्रिपरिषद्‌को बैठकले इआइए र ठेक्का प्रक्रिया एकैसाथ अघि बढाउने निर्णय गरेको थियो ।

यो आयोजना निर्माणका लागि पहिलो चरणमा बन्ने १० वटा भवनको निर्माण लागत लगभग ४ अर्ब २१ करोड रुपैयाँ अनुमान गरिएको थियो। हालसम्म प्रदेश सरकारले नै बजेट विनियोजन गरेको छ। तर यो परियोजना नेपाल सरकारको १८ बिघा जग्गामा निर्माण हुन लागेको हो।

निर्माण कार्यको जिम्मा पाउने निर्माण कम्पनीले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ। पुसभित्र ठेक्का सम्झौता गरी माघदेखि निर्माणको काम सुरु गर्ने तयारीमा आयोजना छ ।

लुम्बिनी प्रदेश राजधानी, प्रशासनिक भवन र पूर्वाधार निर्माण पहिलो चरण अनुसार आरसीसी फ्रेम संरचित मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय भवन, विद्युतीकरण, सरसफाइसहित विभिन्न मन्त्रालयका प्रशासनिक भवनहरू, आन्तरिक सडक निर्माण र ल्यान्डस्केपिङ कार्यहरू छन्।

चार तलाको ९ वटा मन्त्रालय र ५ तलाको एउटा मुख्यमन्त्रीको भवन गरी पहिलो चरणमा १० वटा भवन निर्माण हुनेछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ राप्ती गाउँपालिका-२ मा निर्माण हुनेछ।

मुख्यमन्त्री र ठेकेदार कनेक्सन

प्रदेश राजधानी निर्माणको पहिलो चरणको ठेक्का पाउने शर्मा सगुन जेभीमध्ये शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मासँग मुख्यमन्त्री कुलप्रसाद केसीको कनेक्सन नयाँ भने होइन ।

गत वर्ष फागुन ८ मा लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणले पाँच अर्ब लागतको लुम्बिनी प्रादेशिक अस्पताललाई नयाँ भवन निर्माणको ठेक्का आह्वान गरेको थियो । यो ठेक्कामा तत्कालीन कांग्रेस सांसद मोहन आचार्य र ठेकेदार रमेश शर्माका कम्पनीले मात्रै पूरा गर्न सक्ने मापदण्ड राखिएको भन्दै निर्माण व्यवसायी महासंघले विरोध जनाएको थियो । नेपाली निर्माण व्यवसायीले मात्र संयुक्त ठेक्का लिए भने १० वर्षमा ६ हजार वर्गमिटर क्षेत्रफलमा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सरकारी अस्पताल बनाएको अनुभव हुनुपर्ने व्यवस्था पनि मापदण्डमा राखिएको थियो। जुन आचार्य र शर्मालाई मात्रै अनुकुल हुने गरि बनाइएको थियो । खरिद अनुगमन कार्यालयले यो मापदण्ड प्रतिकूल हुने ठहर गरेको थियो ।

लुम्बिनी प्रदेश सभा संसदीय दलले यो प्रकरणलाई लिएर मुख्यमन्त्रीको राजीनामा नै माग गरेको थियो । यो प्रक्रियामा त्रुटी औल्याइएपछि दबाब थेग्न नसकेर प्राधिकरण प्रमुख अनन्तराज घिमिरेले राजीनामा नै बुझाएका थिए ।

त्यसो लुम्बिनी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी (वर्तमान मुख्यमन्त्री)ले नै प्रदेशको राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव पेस गरेका थिए । उनी मुख्यमन्त्री भएपछि प्रदेश राजधानी निर्माणमा हतारिँदै आएका छन् । उनले प्रदेश राजधानी निर्माणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेटेर सहयोगको अपिल गरेका थिए । उनले यसका लागि ३ अर्को बजेट नै मागेका थिए । संघीय सरकारले  १ अर्ब बजेट उपलब्ध गराउने आश्वासन दिएको थियो । अर्बौं लागतको यो ठेक्का केसी आफ्नै कार्यकालमा रमेश शर्मालाई दिलाउन सफल भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%५%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • received_1946838815974647

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

  • nnhnnnhh

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

  • barsa

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

  • file_000000000c10720ba45deab6d27b2ceb

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

  • समाचार
  • १

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु
    २ घण्टा अघि

  • २

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म
    ५ घण्टा अघि

  • ३

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    १३ घण्टा अघि

  • ४

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    १४ घण्टा अघि

  • ५

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    २ दिन अघि

  • ६

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    २ दिन अघि

  • ७

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ४ दिन अघि

  • ८

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    ४ दिन अघि

  • ९

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    ४ दिन अघि

  • १०

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution