Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

२ घण्टा अघि
२

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

५ घण्टा अघि
३

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

१३ घण्टा अघि
४

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१४ घण्टा अघि
५

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
६

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

२ दिन अघि
७

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

४ दिन अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
९

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि
१०

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

४ दिन अघि
११

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
१२

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
९

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
११

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
१२

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि

तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

  • Default Profile
  • बागमती कलम
  • ५८४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर ११, आईतबार (३ साल अघि)
तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृत समाजवादी) ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात÷सात, जनता समाजवादी पार्टी नेपालले छ स्थानमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् ।

बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन । बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने उहाँले बताए । बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ । अन्तिम मतपरिणाम प्राप्त भएपछि त्यसको सम्पूर्ण विवरण आयोगले राष्ट्रपतिलाई बुझाउने कानुनी प्रावधान छ ।

संविधानमा के छ, सरकार बन्ने प्रावधान ?

नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ । प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको हालसम्मको मतपरिणाम हेर्दा कुनै पनि दलको बहुमत नआउने स्पष्ट छ । प्रतिनिधिसभाको कूल दुई सय ७५ सिटमध्ये बहुमत ल्याउन एक सय ३८ सिट ल्याउनुपर्छ ।

सोही धाराको उपधारा (२) मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

त्यस्तै उपधारा (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

उपधारा (४) मा उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । उपधारा (५) मा  उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

उपधारा (६) मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्नेछ । त्यस्तै उपाधारा (७) मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।

उपधारा (८) मा संविधानबमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • received_1946838815974647

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

  • nnhnnnhh

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

  • barsa

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

  • file_000000000c10720ba45deab6d27b2ceb

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

  • समाचार
  • १

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु
    २ घण्टा अघि

  • २

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म
    ५ घण्टा अघि

  • ३

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    १३ घण्टा अघि

  • ४

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    १४ घण्टा अघि

  • ५

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    २ दिन अघि

  • ६

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    २ दिन अघि

  • ७

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ४ दिन अघि

  • ८

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    ४ दिन अघि

  • ९

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    ४ दिन अघि

  • १०

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution