

मधेसी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा बागमती किनारका सुकुम्बासी हटाउन काठमाडौं महानगरले गरेको प्रयासको विरोध गर्दै सामाजिक सञ्जालमा राखिएका भिडियोमा मधेसी समुदायमाथि धोती, मधेसी, भिखारी जस्ता अपमानजनक गालीगलौज गरिएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई सिफारिस गरेको उल्लेख छ ।
यस्ता कार्यले सामाजिक सदभावमा असर पुग्ने, राष्ट्रिय एकता खलल पर्ने भन्दै आयोगले पाँच पृष्ठको पत्र गृह मन्त्रालय र नेपाल प्रहरीलाई बुझाएको आयोगकी उपसचिव सविता डंगोलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |