

बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो ।
क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ ।जित्नैपर्ने खेलमा बेल्जियमले पाएको अवसरलाई खेर फालेका थिए ।दोस्रो हाफमा मैदान प्रवेश गरेका बेल्जियमका रोमेलु लुकाकुले थुप्रै गोलको सुनौलो अवसर खेर फालेका थिए।
क्रोएसियाले समेत केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेन् । बराबरीपछि समूह ‘एफ’ को बेल्जियमले ३ खेलमा ४ अंक जोड्यो । बेल्जियम तेस्रो स्थान रह्यो ।
बेल्जियमको यस टिमलाई ‘गोल्डेन जेनेरेसन’ मानिएको थियो । तर यस टोलीले बेल्जियमलाई उपाधि दिलाउन असफल भएको छ ।क्रोएसिया भने दोस्रो स्थानमा रहदै राउण्ड अफ १६ मा पुगेको हो ।
साविक उपविजेता समेत रहेको क्रोएसियाले ३ खेलमा ५ अंक जोड्यो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |