

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरु हुँदैछन् ।
विश्वकपमा शुक्रबार समूह ‘एच’ र समूह ‘जी’ को दुई दुई खेलहरु हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाईसकेको छ । अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना उत्तिकै रहेको छ । पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । घाना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
दक्षिण कोरिया १ अंकसहित तेस्रो र १ अंक जोडेको उरुग्वे पुछारमा रहेको छ ।
यस्तै समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति १२:४५ बजे सुरु हुनेछ ।
यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |