

आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा नेपालले आयोजक नामिबियालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९७ बनायो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले । एकदिवसीयमा उनको यो छैटौं अर्धशतक हो । यस्तै आरिफ शेखले २३ रन जोड्दा आसिफ शेखले २० रन जोडे । अर्जुन साउद र गुलशन झा समान १८ रनमा आउट भए ।
कुशल भुर्तेलले १३ रन जोडे भने सोमपाल कामी र कप्तान रोहित पौडेल १० रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सागर ढकाल १ रनमा आउट भए ।
नामिबियाका तान्गेनी लुन्गामेनीले ३ विकेट लिए । कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |