

स्थानीय तहमा पालिका प्रमुख भइसकेका १२ जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार जना प्रतिनिधि सभा सदस्य र आठ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
२) ७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा स्थानीय सरकार प्रमुख भइसकेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा बाँके निर्वाचन क्षेत्र नं. २ बाट, रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे रुपन्देही क्षेत्र नं. ५ बाट, काठमाडौँको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे काठमाडौँ निर्वाचन नं. ३ बाट र इलामको इलाम नगरपालिका प्रमुख महेश बस्नेत इलाम निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
प्रदेश सभामा स्याङ्जा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दास स्याङ्जा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) , रुकुमपश्चिम जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा रुकुमपश्चिम निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ (क) , ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ ललितपुर २ (क) र मोरङको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली मोरङ ४ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
त्यस्तै कास्कीको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ कास्की निर्वाचन क्षेत्र नं. १ (क) बाट, स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेल स्याङ्जा १ (ख) बाट र इलामको रोङ गाउँपालिका अध्यक्ष शमशेर राई इलाम १ (क) बाट प्रदेश सभामा निर्वाचित भएको जिल्ला समन्वय समिति महासङ्घ नेपाल, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जानकारी दिएको छ।
स्थानीय तहमा बसेर काम गरेका व्यक्ति जनतासँग नजिकमा रहेर काम गर्ने भएकाले पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको र त्यसलाई मतदाताले अनुमोदन गरेको निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूले दाबी गरेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |