

कतार फिफा विश्वकपको प्रिक्वाटर्फाइल खेल अघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ । स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध खेल गुमाउने पक्का भएको हो ।
शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित हुँदा दुबै खेलाडीको दाहिने खुट्टाको घुँडामा चोट लागेको हो । दुबै खेलाडीको शनिबार बिहान एमआरआइ गरिएको थियो ।
ब्राजिल फुटबल एसोसिएसनले दुबै खेलाडी अर्को खेलमा उपलब्ध हुने सम्भावना नरहेको बताएको छ । ब्राजिलले सोमबार कोरियासँग खेल्नेछ।
यसअघि ब्राजिलका प्रभावशाली स्ट्राइकर नेयमारलाई पनि चोट लागेको थियो । उनले समूह चरणका दुई खेल गुमाएका थिए । यसैगरी राइट ब्याक डानिलो र एलेक्स सान्द्रो समेत घाइते छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |