

इन्डोनेसियाको संसदले यही महिना एउटा नयाँ फौजदारी कानून पारित गर्ने अनुमान गरिएको छ, जसअनुसार विवाहइतर सम्बन्ध राख्नेलाई कडा सजायको व्यवस्था हुनेछ । कानुन पारित भएमा विवाहइतहर यौनसम्पर्क गर्नेलाई एक वर्षसम्म कैदको सजाय दिइने जनाइएको छ ।
मस्यौदा बनाउने कार्यमा संलग्न राजनीतिज्ञ बाम्बाङ वुरियान्टोले विद्येयक अर्को सातासम्ममा संसदबाट पारित हुने बताए । पारित भएमा कानुन इन्डोनेसियाली नागरिक र विदेशीलाई समान रुपमा लागू हुनेछ ।
विवाहितहरूका लागि उजुरी दर्ता गर्ने अधिकार पीडितका पति वा पत्नीलाई हुनेछ । कानुनले अविवाहित व्यक्तिका आमाबाबुले उनीहरूलाई यौन सम्बन्धको बारेमा रिपोर्ट गर्न अनुमति दिन्छ । नयाँ कानुनले विवाहपूर्वको सम्बनधमा पनि प्रतिबन्ध लगाउने र दोषीलाई ६ महिनाको जेल सजाय तोक्ने व्यवस्था गरेको जनाइएको छ ।
मुस्लिमहरुको बाहुल्यता रहेको इन्डोनेसियामा यसअघि विवाहइतर सम्बन्ध राख्ने व्यक्तिलाई सार्वजनिक रुपमा ढुंगाले हिर्काउनेदेखि कोर्राले हान्ने गरिएका विवरण सार्वजनिक भएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |