

निर्वाचन आयोगले आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरेको छ । बुधबार आयोग कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत् आमनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।
यस्तै आयोगले प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ । प्रदेश सभातर्फको अन्तिम मतपरिणाम आउँदाे २ पुसमा प्रदेश प्रमुखसमक्ष बुझाइने निर्वाचन आयाेगले जनाएकाे छ ।
आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमध्ये प्रतिनिधि सभातर्फ १८४ जना पुरुष (६६ दशमलव ९० प्रतिशत) र ९१ जना महिला (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका आयोगले जनाएको छ ।
यता प्रदेशसभातर्फ ३५० जना पुरुष (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् ।
यसपटकको आम निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ८६ वटा राजनीतिक दलमध्ये ६१ वटा र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका आयोगले उल्लेख गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |