












काठमाडौं उपत्यकाका केही मुख्य चोकहरूमा सवारी आवागमनमा चाप देखिएको छ । कोटेश्वर र त्रिपुरेश्वर हुँदै चल्ने सवारी साधन चापमा चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै ललितपुरको ग्वार्को, सातदोबाटो, गौशाला, चाबहिल, मित्रपार्क, नारायणगोपालचोक, बालाजु, लैनचौर, केशरमहल, नयाँबानेश्वर, थापाथली, कालीमाटी र पुतलीसडकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था छ ।
बालाजु बाइपास सडक खण्ड हुँदै चल्ने सवारी साधनलाई बालाजु चोक र बाइपासबाट डाइभर्सन गरिएको छ । तिनपिप्लेमा केही दिन अघि भएको सवारी दुर्घटनाको विषयलाई लिएर बालाजु बाइसधारा सडकमा विद्यार्थीहरू भेला भएका कारण डाइभर्सन गरिएको हो ।
उता सडक मर्मतका कारण काठमाण्डौको थली साँखु सडक खण्ड हुँदै चल्ने सवारी साधनलाई पनि डाइभर्सन गरिएको छ । बौद्धबाट जाने सवारी साधनलाई गोकर्ण रिसोर्ट अगाडीबाट र साँखुबाट आउने सवारी साधनलाई थलीस्थित आस्था पार्टी प्यालेश अगाडीको सडकबाट डाइभर्सन गरिएको समेत प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |