

धादिङ,१६ माघ ।
धादिङ समाज जापानको अध्यक्षमा श्यामहरी तिमस्लिना चयन भएका छन् । आईतबार(जनवरी २९ तारिक) नेवा डाईनिङ सिनओकुबो टोकियोमा सम्पन्न भएको धादिङ समाज जापानको पाचौँ अधिबेसनबाट २०२३–२०२५ लागि तिमस्लिनाको अध्यक्ष्यतामा २१ सदस्यीय कार्यसमिती चयन गरिएको छ ।
कार्यसमितीको बरिस्ठ उपाध्यक्षमा राम सिम्खडा, उपाध्यक्षमा सुजता दुवाडी, दिनेश अधिकारी,बिष्णु कुमार श्रेष्ठ,बिमल श्रेष्ठ चयन भएका छन् ।त्यसैगरी महासचिबमा बिजय सडौला, सचिबमा सुशान्त बानियाँ,ओम कुमार श्रेष्ठ, कोषाध्यक्षमा राम बाबु दनाई र सह–कोषाध्यक्षमा दिपक बिस्ट चयन भएका छन् ।
यस्तै सदस्यहरुमाख प्रलाद अधिकारी, दिनेश पन्डीत, कृष्ण बहादुर मगर, राम बाहादुर बिसुन्के, ईश्वरी अर्याल, ठाकुर खनाल, गणेश बहादुर अधिकारी,पशुपती थपलिया, प्रबीन नेपाल र माधब ढकाल रहेका छन् ।
संस्थाका अध्यक्ष दिनेश शर्माको सभापतित्वमा भएको अधिवेशन एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा अन्तराष्ट्रिय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्तकुमार पहरी, धादिङ समाज जापानका सल्लाहकारहरु राजकुमार अधिकारी, श्याम सितल, राजन गौतम, शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा लगायतकाको उपस्थिती रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |