

धादिङ,२६ माघ ।
धादिङमा स्वास्थ्य कार्यकर्ताहरुको लागि बृहत पोषण बिशेष कार्यक्रम सम्बन्धी क्षमता अभिबुद्धी तालिम सञ्चालन गरिएको छ ।
सिद्धलेक, नेत्रावती डबजोङ र ज्वालामुखी गाउपालिकाको संयुक्त आयोजनामा माघ २० गतेदेखी सुरु भएको ७ दिने क्षमता अभिबुद्धी तालिम बिहिबार सम्पन्न भएको हो । पोषण सम्बन्धी व्यवहार सुधारको लागि परामर्श र छलफल विधिद्धारा ज्ञान, सिप प्रोत्साहन गर्ने उद्धेश्यले आयोजना गरिएको तालिममा सिद्धलेक, नेत्रावती डबजोङ र ज्वालामुखीका ३० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।
तालिममा कृपोषण व्यवस्थापनको लागि प्राविधिक ज्ञान,सिप तथा परामर्श र क्षमता विकास सम्बन्धि विविध विषयमा ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठ,सिद्धलेक गाउँपालिकाकी नर्सिङ अधिकृत नविना पौडेल, स्वास्थ्यकर्मी रामचन्द्र पन्थी र सुनिता लामा थोकरले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम समापन गर्दै प्रमुख अतिथि नेत्रावती डबजोङ गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले पोषण सम्बन्धी तालिममा सिकेको कुरा नागरिकहरुमाझ पु¥याउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्यालको अध्यक्षतामा भएको तालिम समापन समारोहमा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आथित्य तथा सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष सविता अर्यालको बिशेष आतिथ्य रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |