धादिङ,१६ फागुन ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ सातदोबाटोमा दुग्ध विकास प्रशोधन र चिज उत्पादन तालिम जारी भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ज्वालामुखी गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा आयोजित १५ दिने दुग्ध विकास प्रशोधन र चिज उत्पादन तालिम सोमबारदेखि सुरु भएको हो।
कृषिमा आम्दानी, बेरोजगार व्यक्तिहरुलाई रोजगारको अवसर,कृषि व्यवसायलाई अगाडि बढाउन तथा आर्थिक अवस्था सुधार गर्ने उद्धेश्यले आयोजना गरिएको तालिममा ज्वालामुखी वडा नं १, २ र ३ का ८० जनाको सहभागिता रहेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका किशोर सिंह र राजेन्द्र गोपाल श्रेष्ठले सहजिकरण गर्ने तालिममा दुधबाट बन्ने परिकारहरु, गाइ तथा भैँसी पालन, स्थानीय स्तरमा दुध कसरी उत्पादन गर्ने,दुध सम्बन्धी सामान्य ल्याब टेस्ट लगायतका विषयमा जानकारी गराईने गाउँपालिकाले जनाएको छ । तालिम फागुन २९ गते सम्म संचालन हुनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |