अर्घाखाँचीकाे पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ ।
पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् ।
सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक किसानले ५ लाखदेखी २८ लाखसम्म आम्दानी गर्ने अनुमान छ ।
गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका रेवती प्रसाद पौडेलपनि यतिवेला सुन्तला टिप्न ब्यस्त छन् । २० रोपनीमा सुन्तला खेती गरेका पौडेलको बंगैचामा ५ सय ५५ सुन्तलाका विरुवा छन् । यो वर्ष करिब २५० क्विन्टल सुन्तला उत्पादन हुने पौडेलको अनुमान छ ।
२५ वर्षदेखि पारिवारिक रुपमा व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका माधव पौडलको बारीमा ५०० सुन्तलाका बोट छन् । पेशाले पत्रकारीतासमेत गर्दै आएका पौडेलले १५ रोपनीमा सुन्तला लगाएका छन् । सुन्तला बगैँचाबाटै हिजाेआज प्रतिकेजी ७० रुपैँयामा बिक्री भएको छ ।
उत्पादित सुन्तला बेमौसममा बिक्री गर्नका लागि लुम्बिनी प्रदेश सरकार र स्थानीय कृषकहरूको अग्रसरमा ५० प्रतिशत अनुदानमा शिवशक्ति शीत भण्डारको स्थापना गरिएको छ । यद्यपि गतवर्ष कोल्डस्टोरमा राखिएका सुन्तला कुहिएपछि यो वर्ष कोल्ड स्टोरमा सुन्तला राख्ने कि नराख्ने भन्नेमा किसानहरु दोधारमा छन् ।
गतवर्षभन्दा सुन्तला उत्पादन बढेको अर्घाखाँचीमा यो वर्ष करिब २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परीयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ । अर्घाखाँचीमा पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन, साकिन्धारा, लगाएतका ठाउँका करिब १२०० हेक्टरमा सुन्तला खेती गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |