धादिङ,२७ असोज ।
मुलुकभर ४ सय ४० वटा स्वास्थ्य संस्थामा बीमा कार्यक्रम लागू भएका छन् ।
तर बीमितले औषधि तथा समयमा स्वास्थ्य सेवा नपाउनु, सेवा प्राप्त गर्न लामो समय लाइन कुर्न बाध्य हुनु, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा विभेद हुनु, प्रथम सेवा बिन्दुबाट थप उपचारको लागि ठूला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजातको व्यवस्था नहुनु र नगर्नु जस्ता विषयले बीमा कार्यक्रमप्रति नागरिकको विश्वास घट्दै गइरहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा विभिन्न समस्या तथा चुनौतीहरू बढ्दै गएपछि सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको थियो । तरसमस्या समाधान गर्न कार्यदल गठन गरेको दुई महिना बितिसक्दा पनि प्रतिवेदन पेश गर्न सकेको छैन ।
जबकी, उक्त प्रतिवेदन तीन हप्ताभित्र पेश गर्न स्वास्थ्यमन्त्री भवानी खापुङले २३ साउनमा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेका थिए ।
जसमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेष गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव र प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल छन् ।
राज्यमन्त्री केसी कार्यदलमा भएका सदस्य छलफलमा उपस्थिति नहुँदा प्रतिवेदन तयार गर्न नसकिएको बताउँछन् ।अबको केही दिनभित्रैमा कार्यदलमा भएका सबैलाई बैठक बोलाएर प्रतिवेदन पूरा गर्न राज्यमन्त्री केसीले बताए ।
स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै धान्न नसक्ने हुँदा निजी अस्पतालबाट हुने चुहावटलाई रोक्ने तथा अनुगमन कडा बनाउने खालका काम गर्नुपर्ने देखिएको मन्त्री केसीले बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |