काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।
यसपटक फाइनल खेल २०२२ को साफ महिला फाइनल दोहोरिएको छ । बंगलादेश र नेपाल खेलको सो फाइनल बंगलादेशले १(० ले नेपाललाई पराजित गरेर उपाधि जितेको थियो ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म कुल १२ खेल भएका छन् । जसमा नेपालले अहिलेसम्म ६ खेल जितेको छ भने एक खेल मात्र हारेको छ । त्यस्तै ५ खेलमा बराबरी खेलेको छ ।
यस फाइनल खेलमा सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेलको अनुपस्थिति नेपाली टिमलाई खड्किने देखिन्छ । रेखाको स्थानमा नेपालले सावित्रा भण्डारीसँगै रश्मी घिसिङलाई खेलाउन सक्ने देखिन्छ ।आज हुने फाइनल खेलको टिकट विक्रीका लागि अखिल नेपाल फुटबल संघले नयाँ व्यवस्था गरेको छ ।
एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो ।
१५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ ।
अब टिकट आज विहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट विक्री हुने भएको छ ।एन्फाले फाइनल खेलको अधिकतम १० हजार टिकट विक्री गर्ने जनाएको छ ।
एन्फाले एक व्यक्तिलाई भिआइपी तर्फको २ र साधारण तर्फको ५ टिकट मात्र किन्न पाउने बताएको छ ।
एन्फाका अनुसार अब फाइनलको टिकट अनलाइन टिकट बिक्री नहुने भएको छ साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ ।
रंगशालामा भिआइपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |