

धादिङ । धादिङबेशीमा आजदेखी बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
धादिङ जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम धादिङबेशी स्थित कभर्डहल परिसरमा ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ प्रतियोगिता अन्तरगत प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी छन् । जस्मा धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक सहभागी हुनेछन् ।
धादिङबाट टिम ‘ए’ र ‘बि’ छन् भने र अरु जिल्लाबाट १/१ टिम रहेका छन् ।
सहभागी टिमहरुलाई चार समूहमा बिभाजन गरिएको छ।
जस्मा समूह ए मा धादिङ,मकवानपुर र सिन्धुली रहेको छ भने समूह बि मा नुवाकोट र रामेछाप रहेको छ । त्यस्तै समूह सि मा चितवन र सिन्धुपाल्चोक र समूह डी मा रसुवा र धादिङ बी रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचलाई समान नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
प्रतियोगिता पौष १२ गतेसम्म संचालन हुनेछ।
हेर्नुहोस् पहिलो दिनको खेल अपडेट
– धादिङ टिम ‘ए’ vs मकवानपुर -(धादिङ टिम ‘ए’ बिजयी)
– नुवाकोट VS रामेछाप (रामेछाप बिजयी)
– चितवन VS सिन्धुपाल्चोक (सिन्धुपाल्चोक बिजयी)
– धादिङ टिम ‘ए’ vs सिन्धुली (धादिङ टिम ‘ए’ बिजयी)
हेर्नुहोस् खेल तालिका






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |