गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधरणसभाले विधानको मस्यौदालाई सर्वसम्मतले पारित गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघको साधारणसभाको अन्तिम दिन बुधबार राति निर्वाचन प्रक्रिया र प्रतिनिधि छनोटमा रहेको विवाद टुंगो लागेको हो ।
एनआरएनए साधारण सभाबाट पारित विधान परराष्ट्र मन्त्रालयले स्वीकृति दिएपछि लागू हुने विधान समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए । संशोधित विधानअनुरुप संघको ११औं महाधिवेशनको निर्वाचन अनलाइन तथा प्रत्यक्ष (काठमाडाैं) हुने भएको छ ।
संशोधित विधानमा प्रतिनिधि छनोट प्रक्रिया यथावत् राखिएको छ । यसअघि विवादमा रहेको प्रतिनिधि छनोटको प्रतिशतको संख्या हटाइएको छ। यसअघि ६५ प्रतिशतबाट चयन हुने प्रतिशतको संख्या अब शतप्रतिशत बनाइएको छ । २५ र १० प्रतिशत प्रतिनिधिको प्रावधान खारेज गरिएको छ ।
संघको निर्वाचनमा उमेदवार, तीनका समर्थक र प्रस्तावक तथा आइसीसी सदस्यलाई काठमाडौं अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। संघका अध्यक्षहरु रविना थापा, कुल आचार्य र डा. बद्री केसीले आपसी सहमतिमा अन्तिम रूप दिएर ल्याइको विधानलाई संघले अन्तिम रुप दिएको हो ।
आइसीसीका महाचसिव केशव पौडैलका अनुसार संशाेधित विधानमा प्रत्यक्ष र अनलाइन दुबै माध्यमबाट भोट गर्न सकिने छ। यसअघि संघको विधान समितिले सर्वसम्मतले सो संशोधन प्रस्ताव साधारणसभामा पेस गरेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |