गत महिना महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोधको लहरलाई लिएर दुई प्रान्तमा १०० भन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । हिरासतमा लिइएकी अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नैतिकसम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनको मृत्युपछि राजधानी तेहरानलगायत देशभर तीब्र पद्रर्शन भएका छन् । सरकारले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तेहरान प्रान्तमा ६० जनालाई र दक्षिणी प्रान्त हर्मोजगानबाट ६५ जनालाई अभियोग लगाएको छ ।
‘दंगा भड्काउने व्यक्तिले अवैध जमघट, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण गर्ने र जनतामा आतंक छर्ने कार्यमा मुख्य भूमिका खेलेका कारण अभियोजकले यी मुद्दाहरूमा द्रुत अनुसन्धान गरेको छ’, हर्मोजगानका प्रधानन्यायाधीश मोज्ताबा घहरेमानीले भने । उक्त प्रान्तमा दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका छन् । त्यस्तै उत्तरी प्रान्तमा १२ सय जना पक्राउ परेका प्राप्त विवरणहरूमा जनाइएको छ ।
यसैबीच, हालसम्म सरकारले गरेको प्रदर्शनमा १०८ जनाको मृत्यु भएको थियो ।-एजेन्सी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |