योग गुरु बाबा रामदेव चर्चामा आइरहने गुरु हुन् भन्दा फरक नपर्ला । उनले हालैमात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए। जसकारण उनी पुनः चर्चामा आए ।
उत्तर प्रदेशको मुरादाबादमा नशा मुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले आममानिसलाई लागुऔषध नलिन आग्रह गरिरहँदा बलिउडका स्टारमाथि लागुऔषध प्रयोगकर्ताको आरोप लगाए । उनले सलमान खान, शाहरुख खान र आमिर खानको नाम लिँदै उनीहरुलाई लागुऔषध प्रयोगकर्ता भन्न छुटाएनन् ।
‘शाहरुख खानका छोरा लागुऔषध लिइरहेका छन् । सलमान लागुऔषध लिन्छन्, आमिरको थाहा छैन । थाहा छैन, कति ठूला–ठूला, जसलाई फिल्म स्टार भन्छन् । अभिनेत्रीको त भगवान नै मालिक हुन् । फिल्म उद्योगमा चारैतिर लागुऔषध मात्र छ’,उनले भने ।
रामदेवले बलिउडप्रति निशाना साँधेको यो पहिलोपटक होइन । यसअघि पनि उनले बलिउडप्रति आक्रोश पोख्दै आएका छन् ।
बलिउडमा लागुऔषध मामलामा कैयौं कलाकारहरु पक्राउ परिसकेका छन् । अभिनेता सुशान्त सिंह राजपूतका निधनपछि लागुऔषध मुद्धाले नयाँ चर्चा पायो । जसकारण नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले ठूला स्टारहरुलाई सोधपुछ नै गर्नुपर्यो ।
सन् २०२१ मा शाहरुखका छोरा आर्यन मुम्बईको एक क्रुज पार्टीमा पक्राउ परे । साथीसहित पक्राउ परेका उनलाई लागुऔषध प्रयोग गरिरहँदा पक्राउ गरेको आरोप लगाएर जेल नै पठाइएको थियो । यद्यपि उनले सुरुवातमा जमानत पछि क्लिन चिट नै पाए ।-एजेन्सी ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |