युक्रेनमा रुसी हमलापछि उत्पन्न आर्थिक अवस्थाका कारण पूर्वीयुरोप र मध्यएसियाका ४० लाख बालबालिका गरिबीमा धकेलिएका राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । ’ युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक संकटको सबैभन्दा ठूलो बोझ बालबालिकाले वहन गरिरहेका छन्।
द्वन्द्व र बढ्दो मुद्रास्फीतिले पूर्वी युरोप र मध्य एसियाका थप ४० लाख बालबालिकालाई गरिबीतर्फ धकेलिएका छन, यो सन् २०२१ यता १९ प्रतिशतले वृद्धि हो । निस्कर्षमा पुग्न युनिसेफले २२ देशका तथ्यांकहरूको अध्ययन गरेको थियो । फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनी र रुसी बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।
पश्चिमी प्रतिबन्धबाट रुसी अर्थतन्त्रमा परेको झट्काले यसको ठूलो जनसंख्यासँगै बाहिरी प्रभाव उत्पादन गर्न सक्छ । ‘युक्रेन गरिबीमा बाँचिरहेका ५ लाख अतिरिक्त बालबालिकाको घर हो’, युनिसेफले भन्यो । त्यस्तै युक्रेनपछि रोमानियामा १ लाख १० हजारभन्दा बढी बालबालिका गरिबीको चपेटामा परेको युनिसेफले जनाएको छ । युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने, ‘यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन् । ’-एजेन्सी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |