उनी एक सन्यासी थिए, जसलाई मिडियाले ‘संसारको सबैभन्दा फोहोर व्यक्ति’ भनेर चिनाउँथ्यो । ती व्यक्तिको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले केही महिनाअघि मात्रै दशकपछि पहिलो पटक नुहाएका थिए ।
अमो हाजी ५० वर्षभन्दा बढी समयसम्म साबुन र पानीबाट टाढा रहे। उनले यी दुवै चिजलाई आफूभन्दा परै राखे। उनलाई यी दुई वस्तुको प्रयोग गर्दा बिरामी हुने डर थियो।
अमोउ दक्षिणी इरानको फार्स प्रान्तमा बस्थे। पहिले पनि उनको गाउँबासीले उनलाई नुहाउन सुझाएका थिए। तर उनी शरीर सफा गर्ने कुराबाट परै रहन्थे। तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिनाअघि अमोउ हाजी गाउँलेसामु झुक्न पुगे। उनले गाउँलेको दबाबमा आफ्नो शरीर साबुन-पानीले सफा गरे।
इरानको इरना समाचार एजेन्सीका अनुसार नुहाएपछि उनी अचानक बिरामी भए। त्यही बिरामले उनको यही आइतवार ज्यान नै गयो।
तेहरान टाइम्सलाई सन् २०१४ मा दिएको एक अन्तर्वार्तामा उनले आफ्नो प्रिय भोजन दुम्सी भएको बताएका थिए। उनी जमीनमा बनेको एक सुरुङ र गाउँलेले देजगाह गाउँमा बनाइदिएको कुटीमा बस्थे।
उनले अन्तर्वार्तामा यस्तो सन्यासी जीवन जिउनुको कारण जवानी भोगेको तितो अनुभवलाई दिएका थिए। दशकौँसम्म ननुहाएका कारण उनको शरीरको सबै छाला कालो भएको थियो। यसका साथै उनको शरीरभरी फोकै फोका थिए।
समाचार एजेन्सी इरनाका अनुसार उनी सडेको मासु खान्थे। त्यसैगरी तेलको पुरानो बट्टामा भरेर फोहोर पानी पिउँथे। उनलाई धुमपान गर्न मन पर्थ्यो। एक तस्वीरमा उनलाई एकसाथ कयौँ सिगरेट तानिरहेको देख्न सकिन्थ्यो।
समाचार एजेन्सीका अनुसार उनलाई नुहाउने कोशिश गर्दा या सफा पिउने पानी दिँदा दुस्खी हुन्थे।तर पनि उनले ननुहाई नै यति लामो वर्ष बिताएको रेकर्ड बनाउन सके या सकेनन् यसमा विवाद छ।
सन् २००९ मा एक भारतीय नागरिकबारे आएको रिपोर्टमा उनले ३५ वर्षसम्म दाँत नमाझेको कुरा आएको थियो। उनले कहिल्यै ब्रस नगरेको पनि उक्त रिपोर्टमा उल्लेख थियो। -बीबीसी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |