संयुक्त राष्ट्र सङ्घले विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको जनाएको छ ।
वैज्ञानिकहरूले तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा नकारात्मक प्रभाव पर्ने बताएका छन् । राष्ट्र सङ्घको प्रतिवेदनले गएको वर्ष स्कटल्यान्डकाे ग्लास्कोमा भएको जलवायु सम्मेलन कोप–२६ यता कार्बन उत्सर्जन कटौती गर्ने विभिन्न देशका सरकारहरूको योजना दुःखद रूपमा अपर्याप्त रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ । समाजको तत्काल रूपान्तरणले मात्रै अबको विपदबाट जोगाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । जलवायु सम्मेलन कोप–२७ आउँदो हप्ता इजिप्टमा सुरु हुँदैछ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वले जलवायु परिवर्तनमा पुनः ध्यान केन्द्रित नगरे विपत्तिको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले १ दशमलव ५ डिग्री सेल्सियसको सीमा गम्भीर जोखिममा रहेको उल्लेख छ।
राष्ट्र सङ्घले कार्बन उत्सर्जनमा कटौती गर्ने लक्ष्य हासिल गर्न कठिन रहेको स्वीकार गर्दै जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएको छ।- एजेन्सी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |