अमेरिकी -यापर कान्ये वेस्टले आफूले एक महिनासम्म कुराकानी र सेक्स गर्न छोड्ने घोषणा गरेका छन् । उनले यो अवधिमा एडल्ट फिल्म हेर्ने, मदिरा पिउने कामलाई त्याग्ने घोषणा गरेका हुन् ।
४५ वर्षे -यापरले आफूले वर्बल फास्ट सुरु गर्न लागेकोले यी सबै काम एक महिनाका लागि बन्द रहने बताएका हुन् । उनले ट्वीटरमार्फत ३० दिनसम्म शुद्धिकरणको हिस्साका रुपमा वर्बल फास्टमा जान लागेको उल्लेख गरेका छन् ।
‘म ३० दिनको शुद्धिकरण लिइरहेको छु । एक वर्बल फास्ट । मदिरा हुँदैन । कुनै एडल्ट फिल्म हुनेछैन । कुनै सेक्स हुँदैन । एक महिनासम्म कसैसँग बोल्ने छैन । भगवानको प्रार्थना गर्नेछु । तर मेरो ट्वीटर अहिले पनि आगो लगाइरहेको छ’, उनले ट्वीटेका छन् ।
गत महिना कान्येलाई यहुदी विरोधी ट्वीट गरेपछि ट्वीटरले निलम्बन गरेको थियो । तर ट्वीटरका नयाँ मालिक एलोन मस्कले गत साता उनको ट्वीटरलाई फुकुवा गरेका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |