पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन् ।
इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ । इस्लामावाद प्रहरीले ट्विटरमा भनेको छ, ‘प्रदर्शनकारीहरूले ट्राफिकलाई बन्धक बनाएका छन्। प्रदर्शनकारीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरिएको छ। रावलपिंडी प्रशासनलाई रावलपिंडीको तर्फबाट ढुङ्गा प्रहार रोक्न बारम्बार अनुरोध गरिएको छ ।’
इमरानलाई बिहीबार साँझ वजिराबादको अल्लाहवाला चोकमा पुग्दा गोली प्रहार गरिएको थियो । कन्टेनरमा रहेका खानको खुट्टामा गोली प्रहार भएको थियो । पछिल्लो घटनाक्रममा पञ्जाब प्रहरीले गोलीबारीमा सात जना घाइते भएको र एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच, खानले आफूलाई चार पटक गोली हानेको बताएका छन् ।-एजेन्सी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |