टर्कीमा आफ्नी गर्भवती श्रीमतीसँग सेल्फी खिचेको केही समयपछि उनलाई भीरबाट खसालेका एक पुरुषलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । सन् २०१८ को जुनमा टर्कीको मुग्ला प्रान्तको बटरफ्लाइ भ्यालीमा सेमरा आयसललाई उनका श्रीमान् हाकान आयसलले १ हजार फिट अग्लो भीरबाट धकेलिदिएका थिए । अदालतमा पेस गरिएको प्रमाणअनुसार हाकानले जीवन बीमा पोलिसी जुटाउनको लागि सात महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका थिए ।
हाकान आयसलले उचाइदेखि डराएकी आफ्नी श्रीमतीलाई सेल्फी खिच्ने बहानामा ३०४ मिटर अग्लो भीरको छेउमा लगेर धकेलिदिएका थिए । ती व्यक्तिले डरलाग्दो षड्यन्त्र गरेको र त्यसवापत पत्नीको तर्फबाट २५ हजार डलरको जीवन बीमा लिएको अदालतको एक फैसलामा उल्लेख छ । उनको मृत्युपछि ती व्यक्तिले तुरुन्तै बीमा दाबी गरेको न्युयोर्क पोस्टले जनाएको छ ।
उनकी श्रीमतीको मृत्युपछि उनको पोलिसीको एक मात्र लाभार्थी आयसलले उनको तर्फबाट जीवन बीमाको लागि आवेदन दिएका थिए । तर, प्रहरीले सेमराको मृत्युबारे अनुसन्धान घोषणा गर्दा निवेदन खारेज गरेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |