

सन् २०२२ मा तातो मौसमका कारण युरोपमा कम्तीमा १५ हजार मानिसको मृत्यु भएसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने । तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन् ।
जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्य युगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी बन्यो ।
“अहिलेसम्म पेश गरिएको देशको तथ्यांकका आधारमा यो अनुमान गरिएको छ कि तातो हावाका कारण सन् २०२२ मा कम्तीमा १५ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ’, डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्तिमा भने ।
‘गर्मीको ३ महिनामा स्पेनमा करिब ४ हजार पोर्चुगलमा १ हजारभन्दा बढी, बेलायतमा ३२ सय भन्दा बढी र जर्मनीमा ४ हजार भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरेका छन् ।’ उनले थपे।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |