नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले गएरातिको भूकम्प पश्चात पश्चिम नेपालको अवस्थालाई नियालीरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् ।
गएराति सुदूरपश्चिमको डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भुकम्प गएको थियो । उक्त भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
‘पश्चिम नेपालमा गएका धेरै भूकम्पका बारेमा हामी जानकार छौं र अवस्थालाई हामीलाई नियालीरहेका छौं,’ राजदूत थम्पसनले भनेका छन् ।
राजदूत थम्पसनले भूकम्पका कारण परिवारका सदस्य गुमाएकाहरुप्रति समवेदना प्रकट गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |