रुसी सैनिकहरू फिर्ता भएपछि लामो समय रुसको कब्जामा रहेको खेअर्सन सहरमा पुनः युक्रेनी झण्डा फहराइएको छ । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा युरोपेली सङ्घको झन्डा पनि देखिएको बीबीसीले पुष्टि गरेको छ ।
युक्रेनको रक्षा मन्त्रालयले आफ्नो फौज त्यहाँ जाँदै गरेको र खेअर्सन सहर आफ्नो पकडमा आइसकेको जनाएको छ । युक्रेनीहरु आफ्नो झण्डासहित सडकमा सहज तरिकाले आएका छन् । जनजीवन सामान्य बन्दै गएको छ । यसअघि रुसले खेअर्सनबाट आफ्ना सैनिकहरू फिर्ता हुने क्रम सकिएको जनाएको थियो।
मस्कोमा रहेको रक्षा मन्त्रालयले पनि आफ्ना सबै सैनिकहरु डिनिपो नदी पार गरेर फर्किसकेको जनाएको छ । उसले कुनै पनि सैनिक अस्त्रहरू युक्रेनी भूभागमा नछोडिएको बताएको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको थियो ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले दर्जनौँ सहर र गाउँहरूमा फेरि पकड कायम गरेको बताएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुबेलाले रुसी सैनिकहरू फिर्तीलाई युक्रेनको जितको रूपमा अर्थ्याएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |