राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू – नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् । अदालतको आदेशपछि उनीहरू शनिबार साँझ रिहा भएका हुन् ।
रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन् । मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिहा गरेको थियो । बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ ।
अदालतले यो पनि उल्लेख गरेको छ की तमिलनाडु क्याबिनेटले सन् २०१८ मा राज्यपाललाई दोषीहरूलाई रिहा गर्न सिफारिस गरेको थियो र राज्यपाल यसको लागि बाध्य थिए ।
नलिनी बाहेक पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको लागि सन् १९९१ मा जेल परेका अन्यहरू श्रीहरन, सन्थान, मुरुगन, रोबर्ट पायस र आरपी छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |