जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन् ।
भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ रेक्टर स्केलको भूकम्प मापन गरेको छ ।
भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको उत्तरी टोकियोको फुकुशिमा र इबाराकी प्रान्तहरूमा धक्का महसुस गरिएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |