सान फ्रान्सिस्कोबाट शिकागोको एउटा उडानमा यात्रुसँगको हात हानाहानपछि युनाइटेड एयरलाइन्सका उडान परिचारकलाई अस्पताल भर्ना गरिएको छ । फक्स३२ शिकागोका अनुसार आइतबार उक्त घटना भएको हो ।
विमान परिचारकसँग एक जना रिसाएकी महिला यात्रुको झगडको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा पनि पोस्ट गरिएको छ । भिडियोमा शिशु बोकेकी एक महिला चिच्याएको र उनलाई ‘पछाडि हट’ भनेको सुन्न सकिन्छ ।विमान शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उक्त घटना भएको हो । भिडियो सुरु भएसँगै विमानभित्र प्यासेजमा महिला चिच्याएको सुन्न सकिन्छ । ‘यो कहाँ हो’, उनी चिच्याउछिन् ।
‘म्याम हामी अवतरण गरिरहेका छौँ,’ एक विमान परिचारिका उनलाई भन्छिन् । ‘सारा पछाडि हट्नुहोस’ परिचारकले अगाडि भन्छिन् । तर, ती महिला विमान परिचारकतर्फ निरन्तर बढ्छिन् । फ्लाइट ४७६ मा भएको ‘अवरोध’पछि आफूहरूलाई बोलाइएको शिकागो प्रहरीले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |