रुसको दक्षिणपूर्वी सखालिन टापुको पाँच तले आवासीय भवनमा भएको ग्यास विस्फोटमा नौ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन् । टिमोभस्कोए गाउँमा सन् १९८० को दशकमा बनेको इट्टाको भवनमा विस्फोट भएको तास समाचार एजेन्सीले जनाएको छ । मृत्यु हुनेमा चार जना बालबालिका छन् ।
ग्यास विस्फोटमा चार बालबालिका सहित नौ जनाको मृत्यु भएको छ’ क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले रोसिया २४ टेलिभिजन च्यानललाई भने। आपतकालीन मन्त्रालयले प्रारम्भिक जानकारीमा ग्यास लिक भएको औंल्याएको छ । विस्फोटमा भवनका अधिकांश तला भत्किएको प्राप्त विवरणहरुमा जनाइएको छ । घटनास्थलमा दर्जनौँ उद्दारकर्मी परिचालन गरिएको आपत्कालीन मन्त्रालयले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |