अमेरिकामा गरिएको एउटा सानो अध्ययनअनुसार कोभिड–१९ संक्रमणपछि बालबालिकामा स्ट्रोकको जोखिम बढेको हुनसक्छ । पेडियाट्रिक न्युरोलोजी जर्नलमा यस हप्ता प्रकाशित भएको अनुसन्धानले मार्च २०२० र जुन २०२१ को बीचमा इस्केमिक स्ट्रोक भएका १६ अस्पतालका बिरामीहरूलाई पहिचान गर्न मेडिकल चार्ट र निदान कोडहरूको समीक्षा गरेको थियो ।
तीमध्ये धेरै जसो स्ट्रोक फेब्रुवरीदेखि सन् २०२१ को बीचको अवधिमा भएको थियो (बालबालिकामा कोभिड संक्रमण उच्च विन्दुमा पुगेको केही समयपछि) । कोभिड एन्टिबडी परीक्षण गरिएकामध्ये झन्डै आधामा कोभिड पोजेटिभ परीक्षण गरियो ।
अनुसन्धानकर्ताहरूका अनुसार १६ जनामध्ये कोही पनि भाइरसबाट गम्भीर बिरामी भएका थिएनन् भने केही एसिम्प्टोमेटिक थिए ।
उटाह हेल्थ विश्वविद्यालयका बालरोग विज्ञ तथा अध्ययनका प्रमुख लेखक मेरीग्लेन जे. भिलेक्सले भनिन्, ‘पछि आउने हाइपर–इम्यून प्रतिक्रियाले बच्चाहरूको रगत बाक्लो बनाउँछ ।’
भिलेक्सले अगाडि थपिन्, ‘समग्रमा बच्चाहरू स्ट्रोकको लागि अपेक्षाकृत रुपमा कम जोखिममा हुन्छन् । तर, कोभिडपछि एक दुर्लभ तर वास्तविक जोखिम छ । ’
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |