अष्ट्रेलियाको सिड्नी सहरको एक प्राथमिक विद्यालयको कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि कम्तीमा ११ विद्यार्थी घाइते भएका छन् । रिपोर्टहरूका अनुसार कम्तिमा दुई विद्यार्थीहरूलाई गम्भीर रूपमा जलेको अवस्थामा अस्पतालमा लगिएको छ । सोडियम बाइकार्बोनेट र मिथाइलेटेड स्पिरिटहरू समावेश गरिएको एक प्रयोग गर्दा हावाको प्रभावित गरेको थियो ।
मेन्ली वेस्ट पब्लिक स्कुलमा भएको सो घटनापछि हेलिकोप्टर, चिकित्सक र अग्नी नियन्त्रक पुगेका थिए । प्रयोग गरिरहेको रसायनलाई हावाले उडाइदिएको बताइएको छ । प्रयोगशालामा कक्षा १० देखि ११ वर्षका विद्यार्थी थिए । उनीहरूको अनुहार, शरिर, छाती , तल्लो पेट र खुट्टा जलेको सिड्नी मर्निङ पोस्टले जनाएको छ । एक जना शिक्षक पनि घाइते भएका छन् ।
घटनाबारे अभिभावकहरूले प्रश्न गर्दा विद्यालयले चीजहरू ‘नियन्त्रणमा’ रहेको जबाफ दिएको प्राप्त विवरणहरूमा जनाइएको छ । एक अभिभावकले यो ‘नियमित विज्ञान प्रयोग’ भएको भन्दै त्यसमा संलग्न शिक्षक ‘धेरै मायालु’ रहेको बताए ।
विद्यालयले कक्षाकोठाभिब ‘कार्बन सुगर स्नेक’ भनिने विज्ञान प्रयोग गरिरहेको अस्ट्रेलियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |