दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन भएको बताइएको छ । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन भएको सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् । युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गरेका हुन् । दुबै कम्पनीले हालै उक्त गगन चुम्बी संरचनाको डिजाइन अनावरण गरे । अनावरणका क्रममा संसारभरबाट लगभग १२ हजार अतिथिले भ्रमण गरे ।
४७२ मिटर अग्लो भवनमा १०० तला हुनेछ । हाल विश्वकै अग्लो भवनको रेकर्ड कायम भएको म्यानहटनको ५७औं स्ट्रिटमा रहेको सेन्ट्रल पार्क टावरमा ९८ तला छन् । भवन दुबईको बिजनेस बेको मुटुमा हुनेछ । भवनको माथिल्लो भागमा स्पाइरहरू हुनेछ । भवनभित्र चालक र निजी शेफ हुनेछ । त्यस्तै, स्वीमिङ पुल र लाउन्ज क्षेत्रको सुविधासहितको विशेष निजी क्लब पनि रहनेछ ।
‘माथिल्लो तलामा निकै विलासी र विशेष पेन्टहाउसहरू निर्माण गरिनेछ । भवन सञ्चालनको मिति भने घोषणा हुन बाँकी छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |