भारतले यस वर्ष गर्मीको लहर र चट्याङ जस्ता चरम मौसमी घटनाहरूमा ठूलो उछाल देखेको छ । चरम मौसमी घटनामा भएका मृत्यु तीन वर्ष यताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । बढ्दो मृत्युमा वैज्ञानिकहरूले जलवायु परिवर्तनलाई दोष दिएका छन् । चट््याङका कारण भारतमा यो वर्ष ९०७ जनाको मृत्यु भएको छ ।
यस वर्ष गत महिनासम्म गर्मीको लहर र चट्याङ जस्ता घटनाका कारण २ हजार १८३ जनाको मृत्यु भएको छ । यो संख्या सन् २०१९ (३,०१७ जनाको मृत्यु ) पछिको उच्च हो । भारतमा यो वर्ष भएका मृत्यु मध्ये ७८ प्रतिशत मृत्युमा चट्याङ, बाढी र भारी वर्षा जिम्मेवार रहेको तथ्यांकले देखाएको छ ।
भारतको मनसुन सिजनको तापक्रम यस शताब्दीमा बढेको र देशले भविष्यमा लगातार गर्मीको लहरहरू देख्न सक्ने सरकारले अगस्टमा जानकारी दिएको थियो । भारत विश्वको तेस्रो ठूलो कार्बन प्रदूषक हो, यद्यपि यसको प्रतिव्यक्ति उत्सर्जन अन्य विकसित देशहरूको तुलनामा धेरै कम छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |