

स्पेनी पुलिसले आपतकालीन अवतरणपछि एक व्यावसायिक विमानबाट भागेका १४ जना व्यक्तिहरूको खोजी गरिरहेको छ । एक महिलाले आफूले बच्चा जन्माउन लागेको भन्ने अफबाह फैलाएपछि विमानको आपतकालीन अवतरण भएको थियो ।
महिलाले आफूलाई सुत्केरी हुन लागेको दाबी गरेपछि मोरक्कोबाट टर्कीका लागि बुधबार दिउँसो उडेको पेगासस एयरलाइन्सको विमान बार्सिलोनाको एल प्राट विमानस्थलमा आपत्कालीन अवतरण गरेको थियो ।
विमान अवतरण गरेपछि २८ जना व्यक्तिहरूको समूह बाहिर निस्किएर भाग्ने प्रयास गरेका थिए । प्रहरीले आधालाई रोक्न सफल भए पनि बाँकी १४ जना विमानस्थलबाट भागे र उनीहरू हाल फरार छन् । विमानमा २२८ यात्रु थिए ।
डाक्टरहरूका अनुसार ती महिला गर्भवती भए पनि बच्चा जन्माउने अवस्थामा भने थिइनन् । सार्वजनिक अपराधको आशंकामा उनी पक्राउ परेकी थिइन । पक्राउ परेका मध्ये पाँच जना मोरक्कोको कासाब्लान्का शहरबाट इस्तानबुलको लागि उडानमा फिर्ता हुन सहमत भएका स्पेनी अधिकारीहरूले बताए । बाँकी भने स्पेनमा प्रवेश नगर्ने प्रक्रियामा छन् ।
अधिकारीहरूका अनुसार उनीहरूलाई कथित बच्चा जन्माउन लागेको भन्ने महिलासँगै देश बाहिर अर्को पेगासस उडानमा राखिने अनुमान गरिएको छ । स्पेनी सरकारको कार्यालयले यात्रुहरूको राष्ट्रियता खुलासा गरेको छैन ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |