धादिङ,२६ असोज ।
धादिङमा प्रतिनिधि र प्रदेश सभाको लागि उम्मेदवारी दर्ता गराएकामध्ये ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
आइतबार मनोनयन दर्ता गराएका स्वतन्त्र तथा बिभिन्न पार्टीबाट बागि उम्मेदवारी दर्ता गराएका ८ जनाले बुधबार उम्मेदवारी फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका राप्रपाका अजय कुमार रिमाल, प्रतिनिधि सभा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका रमेश धमला, नेपाल मजदुर किसान पार्टीका चक्र बहादुर शाह र राप्रपाका परशुराम तामाङ रहेका छन् ।
यस्तै क्षेत्र नं १ प्रदेश सभा ख मा स्वतन्त्र उम्मेदवार शालीग्राम अर्याल र ज्ञानेन्द्र प्रसाद सिलवाल, क्षेत्र नं २ को प्रदेश सभा ख मा उम्मेदवारी दिएका एमालेका धन बहादुर घले, क्षेत्र नं २ प्रदेश सभा क उम्मेदवारी दिएका राप्रपाका नारायण प्रसाद पोखरेलले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको थियो । सत्ता गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |