धादिङ,२७ असोज ।
चुनाव आउन अब ३८ दिन बाँकी छ। बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिएसँगै दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
उम्मेदवारसहित दलका नेता कार्यकर्ताहरु गाउँघरमा पुग्न थालेका छन् । सहरबजार, गाउँघर र चियापसल तथा चोकचोकमा चुनावी कुराकानी र चर्चा हुन थालेका छन् । तर, प्रचारप्रसारमा जाँदा आचारसंहिता पालना गर्न उम्मेदवारलाई निर्वाचन आयोगले आग्रह गर्दै आएको छ ।
आयोगले प्रतिनिधि सभाका उम्मेदवारले न्यूनतम २५ देखि ३३ लाख रुपैयाँसम्म र प्रदेश सभाका उम्मेदवारले १५ देखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । यस्तै, उम्मेदवारले आमसभा र घरदैलोमा १० वटा झण्डा मात्रै बोक्न पाउनेछन् । यस्तो कार्यक्रममा २५ जनाभन्दा धेरै उपस्थित हुन पाइने छैन ।
यस्तै, बाजा, झाँकी प्रदर्शनमा पनि आयोगले रोक लगाएको छ । आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ५ हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । जसमा प्रतिनिधि सभातर्फ २ हजार ४ सय १२ जना र प्रदेश सभातर्फ ३ हजार २ सय २४ जना रहेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |