अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले छिटो नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ ।
अनेरास्ववियु क्रान्तीकारीले नौ बुँदे ज्ञापनपत्रमा स्नातक तह प्रथम वर्षको १६ महिना अगाडी लिईएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारण सहित सात दिनभित्र प्रकाशित गर्नुपर्ने, स्नातक तेस्रो वर्ष र स्नातकोत्तर प्रथम सेमेष्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट उपलब्ध नभएकोले तत्काल उपलब्ध गराउनुपर्ने लगायतको माग राखेका छन् ।
त्यस्तैगरी परीक्षा प्रणाली एकदमै पुरानो र प्रविधिमैत्री नभएकोले तत्काल परीक्षा प्रणालीको विकास गर्न विज्ञ सहितको कार्यदल बनाई अगाडी बढ्नुपर्ने केन्द्रिकृत संरचनाले विद्यार्थीलाई सेवा सुविधा लिन झन्झटिलो भएको हुँदा सम्बन्धित क्याम्पसमै ट्रान्क्रिप्टको व्यवस्था गर्नुपर्ने, परीक्षा फाराम र ट्रान्सक्रिप्ट ट्रान्सफर जस्ता सेवाहरु अनलाईनबाट आवेदन गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतको माग राखेका छन् ।
एक हप्ताभित्रमा माग पुरा गर्न नसके विश्वविद्यालय र पनिकाका सम्पूर्ण पदाधिकारी असक्षम भएको घोषणा गरी सशक्त आन्दोलनमा जाने विज्ञप्तिमा चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै परीक्षा नियन्त्रक जोशीले विद्यार्थीको माग अनुसार नतिजा प्रकाशित गर्ने प्रतिवद्धता जनाएको अनेरास्ववियुका संयोजक पवन कार्कीले बताए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |