दार्चुलामा सत्तारुढ गठबन्धन र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचार/प्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२/२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४/३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइते मध्य निरे गठुन्ना एमालेका कार्यकर्ता हुन् भने जयसिंह धामी कांग्रेस कार्यकर्ता हुन् ।
घाइते जयभान धामीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको सूचना अधिकारी शाहीले बताए । अर्का घाइते निरे ठगुन्नाको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले प्रहरीले जनाएको छ ।
झडपमा परेका धामी बेहोस रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |