निर्वाचनमा प्रतिश्पर्धा गर्ने ९० प्रतिशत उम्मेदवारले भएको खर्च भएकाेभन्दा निकै कम हुने गरि झुठो खर्च विवरण पेश गर्ने गरेकाे आराेप छ ।
काठमाडौं स्कुल अफ ल भक्तपुरले मंगलबार आयाेजना गरेकाे वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र पारदर्शी बनाउन चाल्नुपर्ने कदमहरु विषयमा अन्तरक्रियामा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले ९० प्रतिशत उम्मेदवारले दिएको खर्च विवरण झुठाे हुने गरेकाे बताए । निर्वाचन आयोगले खर्चको सीमा निर्धारण गरेको हुनाले उम्मेदवाहरूले वास्तविकताभन्दा कम मात्रै खर्च देखाई पेश गर्ने उनको भनाइ छ ।
यस्तै, पूर्व अर्थसचिव शिशिर ढुंगानाले पैसा खर्च गर्न नसक्नेले चुनावमा सहभागी हुने कल्पना समेत गर्न नसक्नु दुःखद् भएको बताए । जसरी पनि चुनाव जित्न पैसा खर्च गर्नु गलत भएको उनकाे भनाइ छ । चुनाव खर्चका लागि व्यापारी वा अन्यसँग पैसा चन्दा माग्दा जितेपछि जनताको होइन चन्दावालाको इच्छाअनुसार काम गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ थियो । यस हिसाबले विजयी उम्मेदवार जनताप्रति नभई चन्दादाताको रुचीअनुसार काम गर्नु पर्ने हुने उनले बताए । यही कारण चुनेर पठाउने जनतामा बितृष्णा पैदा हुने उनले बताए ।
आयोजक काठमाडौं स्कुल अफ ल भक्तपुरका अध्यक्ष डा. गोविन्दप्रसाद कुसुम, आयोजककै कार्यकारी निर्देशक प्राडा युवराज संग्रौला, प्राज्ञिक सल्लाहकार गणेशप्रसाद अधिकारीलगायतले निर्वाचन खर्चको व्यवस्थापनमा विशेष जोड दिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |