चैनपुर,२९ कात्तिक ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवम धादिङ क्षेत्र नम्वर २ प्रतिनिधि सभाका उम्मेदवार खेमप्रसाद लोहनीले देशमा विकास र जनताको माग पूरा गर्न एमालेले जित्नुपर्ने बताउनुभएको छ ।
मंगलबार धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ चैनपुरमा भएको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले राष्ट्रका मागहरू सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न, देशलाई विकासको मार्गमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको वताउनुभएको हो ।
शिक्षा, स्वास्थ्य लगायत जनतालाई सुखी र समृद्ध बनाउन एमाले नै अहिलेको आवश्यकता रहेको भन्दै लोहनीले एमालेको विचार, नीति र सिद्धान्तबाटै मुलुकको समृद्धि सम्भव छ भन्ने कुरा जनताले बुझेको बताउनुभयो ।
अदालतको परमादेशबाट जन्मिएको वर्तमान गठबन्धन सरकारले जनताका निम्ति कुनै काम गर्न नसकेको बताउदै लोहनीले भन्नुभयो,‘देशलाई निकास दिन अब एमालेको सरकार बन्नुपर्छ ।’ उहाँले आफ्नो ५ बर्षे कार्यकालमा जनताले अनुभुती गर्नेगरी काम भएकोले अब समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।
कार्यक्रममा क्षेत्र नं २ को प्रदेश(ख) का उमेदवार डा.रामकुमार अधिकारी,एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |