प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव आउन अब ४ दिन मात्रै बाँकी छ । दल तथा उम्मेदवारले भोलि मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाउने छन् । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि कुनै पनि उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न पाइने छैन ।
निर्वाचन आचारसंहिताअनुसार स्थिर समयमा सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।
यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार हुने मतदान तथा मतदानपछि मतपत्रको गोप्यता कायम गर्न आग्रह गर्नुभएको छ । कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न उहाँको आग्रह छ ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ९ मा कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने व्यवस्था छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |