प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म जारी रहनुपर्ने बताएका छन् । चौरपाटी गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको अन्तिम चुनावी आमसभालाई बिहीबार सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे संविधानलाई नै धरापमा पार्ने कार्यविरुद्ध गठबन्धन बनेको बताउँदै राजनीतिक स्थायित्वको लागि गठबन्धन १०–१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।
समृद्धि र आर्थिक विकास राजनीतिक स्थायित्वको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनको आग्रह गरेका प्रधानमन्त्री देउवाले आफ्नो मन्त्रिपरिषदका सदस्य शेरबहादुर कुँवर योग्य र सक्षम मन्त्री रहेको बताए । कुँवरलाई कलम, मेघराज खड्कालाई रुख र झपट साउदलाई गोलाकारभित्रको हसिंया हतौडमा मतदात गरेर विजय गराउन उनले मतदातालाई आग्रह गरे ।
देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने पनि दाबी गरे । नेपाल जलस्रोतको धनि भएकाले विद्युत् उत्पादनमा जोड दिने र विद्युत् बेचेरै नेपाल समृद्ध बनाउन सकिने बताउँदै प्रधानमन्त्री देउवाले भारतसँग पश्चिम सेती आयोजनालाई अघि बढाउन पञ्चेश्वरको सहमति भएको जानकारी दिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |