जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखापरेको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा विभिन्न जिल्लामा विप्लव कार्यकर्ताले अवरोध गरिरहेका छन् ।
विप्लव कार्यकर्ताले चितवनको ब्रह्मस्थानमा मतपेटिका लुट्ने प्रयास गरेका छन् । अहिले त्यहाँ मतदान रोकिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ जुटविकासमा शंंकास्पद वस्तु राखेर मतदातालाई रोक्ने प्रयास गरेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा नेकपा कार्यकर्ताले पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ नमुना सदरमुकाम नजिकै शंकास्पद बम राखेका थिए । सेनाको टोलीले डिस्पोज गरेको थियो ।
बर्दियाको गुलरिया नगरपालिका– २ स्थित शम्भुशरण मावि खैरापुरमा रहेको मतदानस्थलमा बम विस्फोट भएको छ । प्रहरीले नेकपा कार्यकर्ताले गराएको जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |